चौथो तहको दीक्षान्त समारोह सम्पन्न
October 8, 2025
						कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा मिति २०८२/०५/२१ गते शनिबार चौथो तहको दीक्षान्त समारोह सम्पन्न भएको छ।
नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३३ जना पुरुष तथा १८ जना महिला स्काउट शिक्षकहरूलाई दीक्षान्त प्रदान गरिएको थियो। सोही समारोहमा जाजरकोट भूकम्पमा स्वयंसेवकको भूमिकामा खटिएका ५ जना स्काउट स्वयंसेवकहरूलाई नेपाल स्काउटले प्रदान गरेको पराक्रमी पट्टि द्वितीयले सम्मान पनि वितरण गरिएको थियो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका निमित्त सचिव श्री दामोदर फुयालज्यू, राष्ट्रिय सुशासन, स्रोत विकास एवं वित्त आयुक्त श्री अरुण बस्नेतज्यू, राष्ट्रिय कार्यकारी समिति सदस्य श्री सुदर्शन भट्टराईज्यू, प्रदेश कार्यसमिति सदस्यज्यूहरू, प्रदेश परिषद् सदस्यज्यूहरू, स्थानीय प्रमुख आयुक्तज्यूहरु तथा विभिन्न स्काउट लिडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेतज्यू र महिलातर्फ श्रीमती सकुन्तला सुब्बाज्यूले दीक्षान्त एवम् स्कार्फ वितरण गर्नुभएको थियो।
समारोहको सञ्चालन प्रदेश सदस्यता वृद्धि आयुक्त श्री सन्तोष घिमिरेज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रदेश शैक्षिक पद्धति आयुक्त श्री शुशिल राईज्यूले र धन्यवाद मन्तव्य श्री सिवानी देवानज्यूले प्रस्तुत गर्नुभएको थियो ।
					
					
				
				
				

