दीक्षान्त समारोह सम्पन्न
October 8, 2025
						कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा मिति २०८२/०६/०७ गते शनिबार चौथो तहको दीक्षान्त समारोह सम्पन्न भएको छ।
नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न समारोहमा २९ जना पुरुष तथा १२ जना महिला स्काउट शिक्षकहरूलाई दीक्षान्त प्रदान गरिएको थियो।
कार्यक्रममा शिवसताक्षी नगरपालिका प्रमुख श्री मेघाहाङ थोप्रा(रोशन)ज्यू, शिवसताक्षी नगरपालिका उपप्रमुख श्री नरमाय कार्कीज्यू, राष्ट्रिय सुशासन, स्रोत विकास एवं वित्त आयुक्त श्री अरुण बस्नेतज्यू,  प्रदेश कार्यसमिति सदस्यज्यूहरू, प्रदेश परिषद् सदस्यज्यूहरू, स्थानीय प्रमुख आयुक्तज्यूहरु एवं  स्काउट लिडरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेतज्यू र महिलातर्फ श्री सकुन्तला सुब्बाज्यूले दीक्षान्त एवम् स्कार्फ वितरण गर्नुभएको थियो।
समारोहको सञ्चालन प्रदेश अधिकृत  श्री नवराज घिमिरेज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिवसाताक्षी नगरपालिकाका स्थानीय प्रमुख आयुक्त डिगम पराजुलीज्यूले प्रस्तुत गर्नुभएको थियो ।
					
					
				
				
				

