स्काउट आधारभूत तालिम सम्पन्न
December 18, 2025
कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा मिति २०८२/०८/२५ देखि २०८२/०९/०१ गतेसम्म विराटनगरमा सञ्चालन गरिएको स्काउट आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिममा कोशी प्रदेशका ५० भन्दा बढी सामुदायिक माध्यमिक विद्यालयहरूबाट ७० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो। महिलातर्फ राष्ट्रिय प्रशिक्षक श्री निर्मला अधिकारी (४५६ पी.टी.सी.) तथा पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षकद्वय श्री शिवप्रसाद पौडेल (६१७ बी.टी.सी.) र श्री नारायण श्रेष्ठ (६१८ बी.टी.सी.) कोर्स लिडरको रूपमा रहनुभएको थियो।
आज सम्पन्न समापन समारोहमा प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षता रहेको थियो भने प्रदेश शैक्षिक पद्धति आयुक्त श्री सिवानी देवानज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिमको अवधि तथा समापन कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव श्री उद्धवप्रसाद रिजालज्यू, महाशाखा प्रमुख एवं उपसचिव श्री दामोदर फुयाँलज्यू, उपसचिव श्री दुर्गा प्रसाद सिग्देलज्यू, मन्त्रालयका प्रतिनिधिज्यूहरू, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरू तथा स्काउट लिडरज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो।
यस तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सामाजिक विकास मन्त्रालय, राष्ट्रिय प्रधान कार्यालय, कोर्ष लिडरज्यूहरू, काउन्सिलरज्यूहरू
, स्काउट लिडरज्यूहरू, सहभागी शिक्षकज्यूहरू, विद्यालयहरू, सर्भिस टिम लगायत सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।


