हल्दीवारीमा स्काउट आधारभूत तालिम सम्पन्न
January 6, 2026
हल्दीवारी गाउँपालिकाको आयोजनामा मिति २०८२/०९/१६ गतेदेखि २०८२/०९/२१ गतेसम्म सञ्चालन गरिएको स्काउट आधारभूत तालिम (६२० औं बि. टि. सी र ४५९ औं पि. टि. सी.) सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको अन्तिम दिन हल्दिवारी गाउँपालिका वडा-४ का वडा अध्यक्ष एवं तालिम संयोजक श्री सन्तकुमार थापाको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि स्थानीय स्काउट संरक्षक तथा गाउँपालिका अध्यक्ष श्री रविन्द्र प्रसाद लिङ्देनज्यू , बिशिष्ट अतिथि स्थानीय प्रमुख स्काउट श्रीमती लक्ष्मी देवी मैनालीज्यू, प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यू, वडा जनप्रतिनिधिज्यूहरू, निमित्त प्रशासकीय अधिकृत श्री राजन न्यौपानेज्यू , शिक्षा अधिकृत श्री जनक कुमारी राईज्यू, विभिन्न बिद्यालयका प्रधानाध्यापकज्यूहरु, स्काउट लिडरज्यूहरू, समाजसेवीज्यूहरू तथा अभिभावकज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हल्दीवारी-३ स्थित श्री चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा सम्पन्न भएको सो तालिममा ४१ जना शिक्षकहरूको सहभागिता रहेको थियो। उक्त तालिममा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक श्री शिवानी देवानज्यू तथा पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक श्री नारायण श्रेष्ठज्यू कोर्ष लिडरको भूमिकामा रहनु भएको थियो।


