बराहक्षेत्रमा 2250 Discussion Event सम्पन्न

बराहक्षेत्रमा 2250 Discussion Event सम्पन्न

मिति २०८२/११/०३ गते बराहक्षेत्र नगरपालिकामा Scout, Peace and Security (SPS) परियोजना अन्तर्गत “Drug Abuse: Causes, Consequences, and Prevention” विषयक 2250 Discussion Event सम्पन्न भएको छ।
बराहक्षेत्र नगरपालिकाकी उप–प्रमुख तथा स्थानीय प्रमुख स्काउट श्री नन्दकुमारी सुनुवारज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त छलफल कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्बन्धित युवाहरु तथा स्काउट लिडरहरुको सहभागिता रहेको थियो।
प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय प्रमुख आयुक्त श्री चेतनाथ भट्टराईज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
छलफलमा ईलाका प्रहरी कार्यालय बराहक्षेत्रका प्रमुख प्रहरी निरीक्षक श्री दिवश कुँवरज्यू, सशस्त्र प्रहरी बल चतरा बेस क्याम्प प्रमुख श्री दिपक नापितज्यू, बराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख श्री उत्तमराज भारतीज्यू र FAN क्लब जिल्ला कार्य समिति सदस्य श्री बिमला घिमिरेज्यू निर्णायकको रूपमा उपस्थित रहनुभएको थियो।
साथै कार्यक्रममा राष्ट्रिय प्रधान कार्यालयबाट SPS कार्यक्रम संयोजक श्री प्रतिका सिलवालज्यू, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरु तथा स्काउट लिडरहरुको उपस्थिति रहेको थियो। SPS Core Team सदस्य श्री दिपेश अधिकारीज्यूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कोर टिम सदस्यहरुले सहजीकरण गर्नुभएको थियो।