कोशी प्रदेशको चौथो प्रादेशिक ज्याम्बोरेट उद्द्घाटन

कोशी प्रदेशको चौथो प्रादेशिक ज्याम्बोरेट उद्द्घाटन

“अनुशासन र एकता, समृद्धिको आधार ” भन्ने मुल नारा सहित नेपाल स्काउट, कोशी प्रदेशको आयोजनामा मिति २०८१/१०/२५ गतेदेखि २८ गतेसम्म डिग्री क्याम्पस, विराटनगरमा सञ्चालित चौथो प्रादेशिक ज्याम्बोरेटको मिति २०८१/१०/२६ गते उद्द्घाटन समारोह सम्पन्न भएको छ । प्रदेश प्रमुख स्काउट एवं कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश स्काउट संरक्षक एवं कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीज्यूको प्रमुख आतिथ्यता रहेको थियो । उद्द्घाटन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त श्री महेन्द्रराज रन्जितज्यू, विराटनगर महानगरपालिका उपप्रमुख श्री शिल्पा निराला कार्कीज्यू, राष्ट्रिय सहप्रमुख आयुक्त श्री किरण गिरीज्यू, राष्ट्रिय शैक्षिक पद्धति आयुक्त( महिला) श्री भुवन सुब्बाज्यू, राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराईज्यू, राष्ट्रिय कार्यकारी समिति सदस्य श्री रवि खनालज्यू, श्री नवल प्रसाद उपाध्यायज्यू, प्रदेश प्रमुख आयुक्तज्युहरु दिनेश यादवज्यू (मधेस प्रदेश), श्री शिव तोयनाज्यू (बाग्मती प्रदेश), श्री दिनानाथ भट्टराईज्यू (लुम्बिनी प्रदेश), श्री कमल बोहराज्यू (कर्णाली प्रदेश), श्री नरेन्द्र थापाज्यू (सुदुरपश्चिम प्रदेश), सामाजिक विकास मन्त्रालयका सचिब श्री हेमराज तामाङज्यू प्रदेश प्रहरी कार्यालय, कोशी प्रदेशका प्रमुख श्री राजन अधिकारीज्यू, सशस्त्र प्रहरी वल,बराह बाहिनी, पकलीका बाहिनिपती श्री सम्भु सुवेदीज्यू, राष्ट्रिय युवा परिषद अध्यक्ष श्री पुकार ढकालज्यू ,राष्ट्रिय परिषद् सदस्यज्यूहरु श्री अरुण बस्नेतज्यू, श्री दुर्गा बहादुर बिष्टज्यू, श्री अजित लामाज्यू, श्री शिवराम अर्यालज्यू, प्रदेश परिषद सदस्यज्यूहरु, सामाजिक विकास मन्त्रालयका उपसचिवहरु श्री गोपाल दाहालज्यू, श्री यादव प्रसाद दुलालज्यू, विराटनगर नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख श्री मेनुका भण्डारीज्यू, प्रदेश कार्यकारी समितिका पदाधिकारीज्यूहरु, प्रदेश परिषद् सदस्यज्यूहरु, विभिन्न संघ / सस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रदेश युवा परिषद्का पदाधिकारीज्यूहरु, राष्ट्रिय प्रशिक्षकज्यूहरु, स्थानीय प्रमुख आयुक्तज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरु, स्काउट लिडरज्यूहरु, रोभर / रेन्जरज्यूहरु, स्काउटज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्प चिफ एवं प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा मकालु इङलिस बोर्डिङ स्कुलद्वारा स्वागत नृत्य, इस्ट होराइजन स्कटिस पाइप ब्याण्ड र गर्ल्स ब्रास ब्याण्डको प्रस्तुति , मार्चपास प्रस्तुत गरिएको थियो । ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्डा बढी स्थानीय तहका स्काउटहरु र स्काउटरहरु र अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रूपमा सहभागिता रहेको छ । कार्यक्रममा स्काउट एवं स्काउटहरु गरी जम्मा ३००० जनाको सहभागिता रहेको छ । ४ दिनसम्म चल्ने ज्याम्बोरेटमा विभिन्न सहासिक, मनोरञ्जनात्मक , बौद्धिक , अध्यात्मिक क्रियाकलापहरुको संचालन हुनेछन् । कार्यक्रमको संचालन प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यूले गर्नुभएको थियो ।