चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न

चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न

नेपाल स्काउट , कोशी प्रदेशको आयोजनामा मिति २०८०/१०/२५ गतेदेखि २८ गतेसम्म संचालित चौथो प्रादेशिक ज्याम्बोरेटको मिति २०८१/१०/२८ गते औपचारिक रूपमा सम्पन्न भएको छ । प्रदेश प्रमुख आयुक्त एवं क्याम्प चिफ हेमन्त भण्डारीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवतीरमण भण्डारीज्यूको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त श्री किरण गिरीज्यू, राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराईज्यू, राष्ट्रिय कार्यकारी समिति सदस्य श्री रवि खनालज्यू, श्री नवल प्रसाद उपाध्यायज्यू, प्रदेश प्रमुख आयुक्तज्युहरु दिनेश यादवज्यू (मधेस प्रदेश), श्री दिनानाथ भट्टराईज्यू (लुम्बिनी प्रदेश) श्री कमल बोहराज्यू (कर्णाली प्रदेश), श्री नरेन्द्र थापाज्यू (सुदुरपश्चिम प्रदेश), राष्ट्रिय तदर्थ समिति पूर्व संयोजक श्री लोकबहादुर भण्डारीज्यू, राष्ट्रिय युवा परिषद् अध्यक्ष श्री पुकार ढकालज्यू, राष्ट्रिय परिषद् सदस्यज्यूहरु श्री अरुण बस्नेतज्यू, श्री शिवराम अर्यालज्यू, प्रदेश कार्यकारी समितिका पदाधिकारीज्यूहरु, प्रदेश परिषद् सदस्यज्यूहरु, विभिन्न संघ / सस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रदेश युवा परिषद्का पदाधिकारीज्युहरु, रास्ट्रीय प्रशिक्षकज्युहरु, स्थानीय प्रमुख आयुक्तज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरु, स्काउट लिडरज्यूरु, रोभर / रेन्जरज्यूहरु, स्काउटहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सुशासन, स्रोत विकास तथा वित्त आयुक्त श्री समर्पण खतिवडाज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ज्याम्बोरेटमा कोशी प्रदेशका ७० भन्दा बढी स्थानीय तहका स्काउटहरु र स्काउटरहरु र अन्य ६ वटा प्रदेशवाट प्रतिनिधिमुलक रूपमा सहभागिता रहेको थियो । कार्यक्रममा स्काउट एवं स्काउटहरु गरी जम्मा ३००० जनाको सहभागिता रहेको थियो । ४ दिनसम्म संचालित ज्याम्बोरेटमा विभिन्न सहासिक, मनोरञ्जनात्मक , बौद्धिक , अध्यात्मिक क्रियाकलापहरुको संचालन भएका थिए ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रतियोगी तथा स्थानीय तहलाई पुरस्कार प्रदान गरिएको थियो । नेपाल स्काउटको वृद्धि र विकासमा अतुलनीय योगदान गर्नुहुने स्काउट लिडरज्युहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।