[:en]संयुक्त ट्रेनिङ्ग क्याम्प उद्द्घाटन[:]

[:en]संयुक्त ट्रेनिङ्ग क्याम्प उद्द्घाटन[:]

[:en]मिति २०७९/११/६-९ गते सुन्दरहरैचा नगरपालिका स्थित पुर्वान्चल बिश्वबिधालय परिसरमा मोराङ्ग स्थित विभिन्न स्थानीय स्काउट समितिहरुको संयुक्त आयोजना र प्रदेश स्काउट कार्यालयको प्राबिधिक सहयोगमा संचालित ३ रात ४ दिने संयुक्त ट्रेनिङ्ग क्याम्प २०७९ को आज औपचारिक रूपमा उद्द्घाट्न भएको छ । प्रदेश सरकार ,प्रदेश न १ का सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट माननीय बुद्धिराज राजभण्डारी ज्युको प्रमुख आतिथ्यता, नेपाल स्काउट, रास्ट्रीय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारी ज्युको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा , निर्देशक श्री राम प्रसाद भट्टराई ज्यु , मोरङ स्थित विभिन्न पालिका प्रमुख एवं उप – प्रमुख ज्युहरु, प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनाल , गण्डकी प्रदेश ससंयोजक श्री आशिर्वाद सुवेदी ज्यु, मधेस प्रदेश संयोजक श्री दिनेश यादव ज्यु, रास्ट्रीय प्रशिक्षक ज्युहरु, सहायक रास्ट्रीय प्रशिक्षक ज्युहरु, स्काउट लिडर ज्युहरुको उपस्थिति रहेको थियो । क्याम्पमा प्रदेश भरीबाट १३०० भन्दा बढी स्काउटहरु र रोभर रेन्जरहरुको सहभागिता रहेको छ । साथै अन्य प्रदेशबाट मुलुक प्रतिनिधि मुलुक र Yess girls movement बाट नेपाल आउनुभएका रेन्जरहरु समेत सहभागी रहेको क्याम्पमा विभिन्न स्काउट गतिविधिहरु साथै कविता प्रतियोगिता , फेसन शो , सास्कृतिक नाच प्रतियोगिता, ग्याजेट निर्माण प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ । उद्घघाटन समारोहको अध्यक्षता मुल आयोजक समितिका संयोजक श्री बादल देवानले गर्नुभएको थियो भने कार्यक्रमको संचालन स्काउट लिडर श्री सन्तोष घिमिरेले गर्नुभएको थियो ।[:]