प्रदेश प्रमुख स्काउटको दीक्षान्त सम्पन्न
December 17, 2024

मिति २०८१ मंसिर २८ गते शुक्रबार माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री पाँचकर्ण राईज्यूको दीक्षान्त सम्पन्न भएको छ । दीक्षान्तमा नेपाल स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त श्री किरण गिरीज्यू, राष्ट्रिय कार्यसमिति सदस्य (आयुक्त) श्री नवल प्रसाद उपाध्यायज्यू, सशस्त्र प्रहरी वल, बराह बाहिनीका बाहिनीपती श्री सम्भु सुवेदीज्यू, सामाजिक विकास मन्त्रालयका निमित्त सचिब श्री फणीन्द्र खत्रीज्यू, प्रदेश कार्यकारी समितिका पदाधिकारीज्यूहरु, उच्च शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख उपसचिब श्री गोपाल दाहालज्यू, वरिष्ठ शिक्षा अधिकृत श्री कोमल बहादुर खड्काज्यू, प्रदेश परिषद सदस्यज्यूहरु, विराटनगर महानगरपालिका स्थानीय प्रमुख आयुक्त श्री नवीन पहाडीज्यू, स्काउट लिडरज्यूहरु, रोभर/ रेन्जरज्यूहरुकोको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रदेश अधिकृत श्री नवराज घिमिरेले गर्नुभएको थियो ।