रोभर रेन्जर स्काउट आधारभूत तालिम सम्पन्न

रोभर रेन्जर स्काउट आधारभूत तालिम सम्पन्न

कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापनमा २०८१/१२/१८ गतेदेखी २३ गतेसम्म संचालन भएको स्काउट आधारभूत तालिम ( ४४ औं रोभर वि. टी.सी/२३ औं रेन्जर पि. टी. सी.) मिति २०८१/१२/२३ गते कोशी प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । श्री जनपथ माध्यमिक विद्यालय, विराटनगरमा संचालन भएको तालिममा विभिन्न सामुदायिक माध्यमिक विधालयका शिक्षकहरुको सहभागिता रहेको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।
तालिममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव श्री दामोदर फुयालज्यू, राष्ट्रिय सुशासन, स्रोत विकास तथा वित्त आयुक्त श्री अरुण बस्नेतज्यू, राष्ट्रिय परिषद सदस्यज्यूहरु, राष्ट्रिय सदस्यता वृद्धि संयोजक श्री उमेश कटुवालज्यू, प्रदेश कार्यसमितिका पदाधिकारीज्यूहरु, राष्ट्रिय प्रशिक्षकज्यूहरु, प्रदेश परिषद सदस्यज्यूहरु, स्थानीय प्रमुख आयुक्तज्यूहरु, श्री जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री हरी पराजुलीज्यू, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरु, रोभर/रेन्जरज्यूहरुको उपस्थिति रहेको थियो । तालिममा महिलातर्फ राष्ट्रिय प्रशिक्षक श्री निर्मला अधिकारीज्यु र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक श्री नारायण श्रेष्ठज्यु कोर्ष लिडर रहनुभएको थियो ।