स्काउट आधारभूत तालिम सम्पन्न
March 27, 2025
मिति २०८१/११/२७ गते कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा सामुदायिक माध्यमिक विद्यालयका शिक्षकहरुका लागि २०८१/११/२२ गतेदेखि २७ गतेसम्म स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। धरान उपमहानगरपालिका स्थानीय प्रमुख स्काउट श्री आइन्द्र विक्रम वेघाज्यूको प्रमुख आतिथ्यतामा भएको समापन समारोहको अध्यक्षता प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यूले गर्नुभएको थियो । कार्यक्रममा कार्यसमितिका पदाधिकारीज्यूहरु, प्रदेश परिषद सदस्यज्यूहरु,राष्ट्रिय प्रशिक्षकज्यूहरु, पत्रकारज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरुको सहभागिता रहेको थियो । तालिममा कोशी प्रदेशका विभिन्न सामुदायिक विद्यालयका ८९ जना शिक्षकज्यूहरुको सहभागिता रहेको थियो । तालिममा पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक श्री नवल प्रसाद उपाध्यायज्यू, सहायक राष्ट्रिय प्रशिक्षक श्री सुशील राईज्यू र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक श्री शिवानी देवानज्यू कोर्ष लिडर रहनुभएको थियो ।


