[:en]गौरादह नगरपालिका झापामा स्काउट आधारभूत तालीम[:]

[:en]गौरादह नगरपालिका झापामा स्काउट आधारभूत तालीम[:]

[:en]नेपाल स्काउट , गौरादह नगर तदर्थ समितिको आयोजना एवं गौरादह नगरपालिका, झापाको सहयोगमा स्काउट आधारभूत तालीम (५३० औं बि. टि. सी.) को २०८०/०१/२५ गते उद्द्घाटन भएको छ । गौरादह नगरपालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री छत्रपती सुवेदी ज्युको प्रमुख आतिथ्यता, उप- प्रमुख एवं स्थानीय प्रमुख स्काउट जलवर्षा राजबन्शी ज्युको बिशिस्ट आतिथ्यतामा भएको समारोहमा स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजीवीहरु , कर्मचारीहरु, शिक्षकहरु, स्काउट लिडरहरु,स्काउटहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । तालीमको कोर्स लिडर रास्ट्रीय प्रशिक्षक श्री अरुण बस्नेत हुनुहुन्छ भने तालीममा २४ जना सहभागी रहेका छ्न ।[:]