फाकफोकथुम गाउँपालिकामा दीक्षान्त कार्यक्रम सम्पन्न

फाकफोकथुम गाउँपालिकामा दीक्षान्त कार्यक्रम सम्पन्न

मिति २०८२/०७/२२ का दिन फाकफोकथुम गाउँपालिका, इलामको स्थानीय स्काउट परिषद बैठक तथा दीक्षान्त कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।कार्यक्रमका नेपाल स्काउट, कोशी प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले स्थानीय स्काउट संरक्षक एवं अध्यक्ष श्री दिपेन्द्र खनालज्यू र स्थानीय प्रमुख स्काउट श्रीमती कल्पना राईज्यूलाई दीक्षान्त प्रदान गर्नुभयो। त्यसैगरी, परिषद अध्यक्ष एवं प्रमुख स्काउटज्यूले परिषदका सदस्यहरूलाई दीक्षान्त प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यू, विद्यालयका प्रधानाध्यापकज्यूहरू, स्थानीय समाजसेवीहरू तथा स्काउट लिडरहरूको उत्साहजनक उपस्थिति रहेको थियो।