[:en]रंगेलीमा स्काउटलाई निशुल्क पोशाक वितरण कार्यक्रम[:]

[:en]रंगेलीमा स्काउटलाई निशुल्क पोशाक वितरण कार्यक्रम[:]

[:en]मिति २०७९/१२/०१ गते नगर स्काउट तदर्थ समितिको आयोजनामा सामुदायिक विद्यालयका स्काउटलाई निशुल्क पोशाक वितरण कार्यक्रम रंगेली -८ दर्वेशा स्थित श्री महालक्ष्मी स्काउट दलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर उप -प्रमुख तथा प्रमुख स्काउट श्री भूमा पराजुली ज्यूले महालक्ष्मी स्काउट दलका स्काउटहरुलाई निशुल्क पोशाक वितरण गर्दै स्काउट मार्फत आफूलाई स्वस्थ्य सामाजिक अनुशासित राष्ट्र भक्त बन्न विद्यार्थी भाईबहिनीहरुलाई हौसला प्रदान गर्नु भएको छ । कार्यक्रममा वडा नं ८ का अध्यक्ष टंकप्रसाद आचार्य ज्यु लगायत कार्यपालिका सदस्य वडा सदस्य ज्युहरु, अभिभावक ज्युहरु, शिक्षक ज्यूहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम को अध्यक्षता नगर स्काउट संयोजक तथा स्काउट मास्टर मोतिराम ढुङ्गानाले गर्नुभएको थियो ।
साथै सोही कार्यक्रममा महालक्ष्मी स्काउट दलको दिक्षान्त समारोह पनि आयोजना गरिएको छ । स्काउट मास्टर मोतिराम ढुङ्गाना,अम्बिका अधिकारी र चिरञ्जिवी काफ्लेले १६ गर्ल र १२ व्याय स्काउटलाई सदस्यता तहका लागि दिक्षित गर्नुभएको थियो ।[:]