स्काउट आधारभूत तालिम सम्पन्न

स्काउट आधारभूत तालिम सम्पन्न

कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा १९०औं कब र १७९औं ब्राउन आउल स्काउट आधारभूत तालिम विराटनगरमा सम्पन्न भएको छ । मिति २०८२/०५/२० देखि २२ गतेसम्म सञ्चालित तालिममा ४३ जना स्काउट लिडरहरूको सहभागिता रहेको थियो । तालिममा पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेतज्यू र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक श्री शिवानी देवानज्यू कोर्ष लिडर रहनुभएको थियो ।