५९९ औॅ स्काउट आधारभूत तालिम सम्पन्न
June 22, 2025
						मिति २०८२/०२/१२ गतेदेखि १७ गतेसम्म प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना एवं सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा ५९९ औॅ स्काउट आधारभूत तालिम हलेसी तुवाचुङ नगरपालिका उप-प्रमुख श्री रमेश कुमार राउतज्यूको प्रमुख आतिथ्यतामा २०८२/०२/१७ गते सम्पन्न भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१०, अर्खौले , खोटाङ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको तालिममा विभिन्न सामुदायिक माध्यमिक विधालयका २६ जना शिक्षकज्यूहरुको सहभागिता रहेको थियो । तालिमको कोर्ष लिडर सहायक राष्ट्रिय प्रशिक्षक श्री नारायण श्रेष्ठज्यू रहनुभएको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय स्काउट तदर्थ समिति संयोजक श्री नवीन चाम्लिङ राईज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश परिषद् सदस्य श्री याविन्द्र राईज्यू, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्काउट तदर्थ समिति संयोजक श्री दिनेश शाक्यज्यू, रङ्गेली नगरपालिका स्थानीय प्रमुख आयुक्त श्री मोतीराम ढुंगानाज्यू, स्काउट लिडरहरु श्री दुर्गाबहादुर लुटेलज्यू, श्री बिपुल लोहारज्यू, श्री बिपिन लुटेलज्यू,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु, शिक्षक अभिभावक संघका पदाधिकारीज्यूहरु, स्काउटहरुको उपस्थिति रहेको थियो ।
					
					
					
				
				
				

