खाँदवारीमा 2250 Disscusion event सम्पन्न
December 17, 2024

मिति २०८१/०८/३० गते आइतबार प्रदेश स्काउट कार्यालयको संयोजन तथा स्थानीय स्काउट कार्यालय, खाँदवारीको व्यवस्थापनमा Nepal- Finland education partnership परियोजना अन्तर्गत Scout, Peace and security कोशी प्रदेश (कोर टिम) को आयोजनामा “Sociological impact of drug abuse on youth” विषयक 2250 Discussion event सम्पन्न भएको छ । खाँदवारी नगरपालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री महेश थपलियाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ४१ युवा, स्काउटर, स्काउट र रोभर/रेन्जरहरुको सहभागिता रहेको थियो । छलफल नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य श्री दुर्गा बहादुर बिष्टज्यू, प्रहरी नायब उपरीक्षक श्री अनिल राजवंसीज्यू, नगरपालिका शिक्षा शाखा प्रमुख श्री दिपक घिमिरेज्यू, प्रहरी सहायक निरीक्षक श्री डम्बरबहादुर मगरज्यूको निर्णयकर्ताको रूपमा सहभागिता रहेको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षता रहेको छलफल कार्यक्रममा स्थानीय प्रमुख आयुक्त श्री तुलसी पराजुलीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । छलफल कार्यक्रममा प्रदेश कार्यकारी समिति सदस्य(आयुक्त ) श्री एलिसा तामाङज्यू, प्रदेश युवा परिषद सदस्य श्री रन्जना राईज्यू, समाजसेवीज्यूहरु, पत्रकारज्यूहरु लगायत व्यक्तित्वज्यूहरुको सहभागिता रहेको थियो ।