गौरादहमा2250 discussion events सम्पन्न
December 23, 2024

मिति २०८१/०९/०५ गते गौरादह नगरपालिकामा Scout, peace and security परियोजना अन्तर्गत “Role of youth for Advocating Minorities in Our Communities” विषयक 2250 discussion events सम्पन्न भएको छ । गौरादह नगरपालिका उप-प्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री जलबर्षा राजवंसीज्यूको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा विभिन्न क्षेत्र सम्बन्ध युवाहरु,स्काउट लिडरहरुको सहभागिता रहेको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय प्रमुख आयुक्त चुणामणी अधिकारीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । गौरादह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्री दिलिप भण्डारीज्यू, गौरादह जेसिस बर्ष २०२४ का अध्यक्ष श्री खड्ग थापाज्यू, विषय बिशेषज्ञ एवं बुद्धिजीवी श्री शिवनारायण मार्काज्यूको निर्णयकर्ताको रूपमा उपस्थिति रहेको थियो । साथै कार्यक्रममा प्रदेश सह- प्रमुख आयुक्त श्री गङ्गा कार्कीज्यू, प्रदेश सुशासन, श्रोत विकास तथा वित्त आयुक्त श्री समर्पण खतिवडाज्यूको उपस्थिति रहेको थियो ।