धनकुटामा 2250 discussion events सम्पन्न
December 17, 2024

मिति २०८१/०८/२९ गते धनकुटा नगरपालिकामा Scout, peace and security परियोजना अन्तर्गत ” Impact of digital technology on Youth” विषयक 2250 discussion events सम्पन्न भएको छ । धनकुटा नगरपालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री चिन्तन तामाङज्युको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी , कोशी प्रदेशका सभापति श्री नरेन्द्र पोखरेलज्युको बिशेष आतिथ्यतामा भएको छलफल कार्यक्रममा विभिन्न क्षेत्र सम्बन्ध युवाहरु,स्काउट लिडरहरुको सहभागिता रहेको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्युको अध्यक्षता रहेको कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उप- प्राध्यापक श्री इच्छापुर्ण राईज्यु, श्री मीन प्रसाद अधिकारीज्यु, बाल संगठन धनकुटाका सभापति श्री अर्जुन छाराहाङ्गज्युको निर्णयकर्ताको रूपमा उपस्थिति रहेको थियो ।