वेलबारीमा 2250 discussion events सम्पन्न
January 15, 2025

मिति २०८१/०९/१० गते वेलबारी नगरपालिकामा Scout, peace and security परियोजना अन्तर्गत “The Role of Youth in Advocating for Disability Rights” विषयक 2250 discussion events सम्पन्न भएको छ । कोशी प्रदेश सभाका माननीय श्री ज्ञानेन्द्र सुवेदीज्यूको प्रमुख आतिथ्यता, सुन्दरहरैचा नगरपालिका उप-प्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री अकली कुमारी चौधरीज्युको बिशेष आतिथ्यतामा भएको छलफल कार्यक्रममा विभिन्न क्षेत्र सम्बन्ध युवाहरु, स्काउट लिडरहरुको सहभागिता रहेको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कोर टिम सदस्य एवं सुन्दरहरैचा प्रमुख आयुक्त श्री मनोज लामा कार्कीज्यूले गर्नुभएको थियो । कार्यक्रममा वेलबारी नगरपालिका स्थानीय प्रमुख आयुक्त श्री बादल देवानज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री अर्जुन अधिकारीज्यू र सशस्त्र प्रहरी बल सलकपुरका प्रमुख श्री जीवन बस्नेतज्यूको निर्णयकर्ताको रूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सदस्यता वृद्धि आयुक्त श्री सन्तोष घिमिरेज्यू, सुन्दरहरैचा नगरपालिका शिक्षा शाखा प्रमुख श्री लिला ओझाज्यू, बेलबारी शिक्षा शाखा प्रतिनिधि सुशील तिवारीज्यू, प्रदेश युवा परिषद् सदस्य श्री मिलन पुरीज्यूको उपस्थिति रहेको थियो ।