[:en]आगलागी नियन्त्रणका लागि डेमो प्रदर्शन कार्यक्रम सम्पन्न [:]

[:en]आगलागी नियन्त्रणका लागि डेमो प्रदर्शन कार्यक्रम सम्पन्न [:]

[:en]२०७९/१२/१५ गते दमक नगरपालिका, झापामा ग्यासबाट हुने आगलागी नियन्त्रणका लागि डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । ग्यास बिक्रेता व्यवसायी संघ,झापा जिल्ला संघ र दमक समितिको आयोजना, दमक नगरपालिका र दमक ग्यास व्यवसायीहरुको सह -आयोजना एवं नेपाल स्काउट , दमक नगर तदर्थ समितिको प्राविधिक सहयोगमा डेमो कार्यक्रम भएको हो । दमक स्थित बसपार्कमा भएको प्रदर्शनमा ५०० जना भन्दा बढीले अवलोकन गर्नुभएको थियो । विपत व्यवस्थापन प्रशिक्षक रोभर श्री किरण बुढाथोकी र रोभर श्री बिपुल लोहारले अभ्यास गरि देखाउनु भएको थियो ।[:]