बृहत साइकल यात्रा सम्पन्न
June 22, 2025
						“शारीरिक यात्रा, स्वास्थ्यताको आधार” भन्ने मुख्य नाराका साथ आज मिति २०८२/०२/३१ गते नेपाल स्काउट, प्रदेश युवा परिषद, कोशी प्रदेशको आयोजनामा बृहत साइकल यात्रा सम्पन्न भएको छ। स्वस्थ जीवनयापन र वातावरण संरक्षणका लागि सहयोग पुर्याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । साइकल यात्रामा दमक नगरपालिका, उर्लाबारी नगरपालिका र मिक्लाजुङ्ग गाउँपालिकामा सञ्चालित विभिन्न स्काउट दलका करिव ३०० जना स्काउट, रोभर/रेन्जर र स्काउटरहरुको सहभागिता रहेको थियो । सहभागीहरुको समुह आ- आफ्नो विद्यालयबाट साइकल यात्रा गर्दै दमक व्यापारीक भवन हुँदै श्री ढुकुरपानी माध्यमिक विद्यालयमा पुगेर विशेष समारोह संचालन भएको थियो । तत्पश्चात सहभागी स्काउट विद्यार्थीहरु पुनः आफ्नो विद्यालयमा साइकलमा नै फर्किएका थिए ।ढुकुरपानी विद्यालयमा आयोजित विशेष समारोहमा सहभागीहरुलाई इभेन्ट क्याम्प, व्याज तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रदेश युवा परिषद्का अध्यक्ष श्री किरण बुढाथोकीज्यूको अध्यक्षतामा सम्पन्न भएको समारोहमा नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम प्रदेश परिषद् सदस्य श्री ओमप्रसाद आचार्य उपाध्यायज्यू, राष्ट्रिय प्रशिक्षक श्री सकुन्तला सुब्बाज्यू, स्थानीय प्रमुख आयुक्तज्यूहरु श्री कविता खनालज्यू(उर्लाबारी ), श्री मोतीराम ढुंगानाज्यू(रङ्गेली), हिसान झापाका अध्यक्ष श्री टेकनाथ भण्डारीज्यू , ढुकुरपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री रघुनाथ भण्डारीज्यू, प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यू, राष्ट्रिय युवा परिषद् सदस्य श्री विदिशा भट्टराईज्यू र स्काउटरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा मिक्लाजुङ्ग गाउँपालिका स्थानीय प्रमुख आयुक्त एवं कार्यक्रम संयोजक श्री सौगात बस्नेतज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रोभर श्री प्रज्वल श्रेष्ठज्यूले गर्नुभएको थियो
					
					
					
				
				
				

