“Workshop On Lets stand against hate speech” धरानमा सम्पन्न

“Workshop On Lets stand against hate speech” धरानमा सम्पन्न

Smart surfer Nepal Scouts को आयोजना एवं कोशी प्रदेश स्काउट कार्यालयको व्यवस्थापनमा Surf Smart Advocacy campaign सम्बन्धि ” Workshop On Lets stand against hate speech ” कार्यक्रम धरानमा सम्पन्न भएको छ। कोशी प्रदेशका ३० जना रोभर रेन्जर एवं स्काउटरको सहभागिता रहेको कार्यक्रममा Smart Sufer का टिम सदस्यहरु श्री प्रतीक्षा खनाल, श्री सृष्टि न्यौपाने, श्री अपेक्षा श्रेष्ठ र श्री पुजा अधिकारीले प्रशिक्षण दिनुभएको हो। कार्यक्रम समापन समारोहमा धरान उपमहानगरपालिका उप- प्रमुख एवं स्थानीय स्काउट प्रमुख श्री आइन्द्र विक्रम बेघाज्युको प्रमुख आतिथ्यता, रास्ट्रीय कार्यकारी समिति सदस्य श्री नवल प्रसाद उपाध्यायज्युको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यु, शैक्षिक पद्धति आयुक्त श्री सिवानी देवानज्यु र श्री सुशील राईज्यु, स्थानीय स्काउट धरानका पदाधिकारीज्युहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता टिम लिडर श्री प्रतीक्षा खनालज्युले गर्नुभएको थियो भने संचालन Yess girls प्रतिनिधि श्री नविना मंग्रातीले गर्नुभएको हो।