प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मिति २०८१/०६/०५ गते (21 September 2024) कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा ” शान्ति स्थापनामा स्काउटको भूमिका” विषयक प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशका २४ वटा स्थानीय तहका स्काउटहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा विराटनगर महानगरपालिकाबाट सहभागी पोखरीया स्काउट दलकी स्काउट श्री रागिनी न्यौपानेज्यू प्रथम, धरान उपमहानगरपालिकाबाट सहभागी श्री पब्लिक हाई स्काउट दलका स्काउट श्री अनुप झाज्यू द्वितीय र लेटाङ नगरपालिकाबाट सहभागी लक्ष्मी स्काउट दलकी स्काउट श्री रक्षा ओझाज्यू तृतीय हुनुभएको छ। कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेतज्यू, महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक श्री राजेश बिद्रोहीज्यू र साहित्यकार श्री कविता केशरीज्यू निर्णायकको भूमिकामा रहनुभएको थियो । बेलबारी बहुमुखी क्याम्पस, बेलबारीको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले गर्नुभएको थियो र संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा बिजयी हुने स्काउटलाई प्रथम पुरस्कार रु. ७,७७७/- नगद , द्वितीय पुरस्कार रु. ५,५५५/- नगद र तृतीय पुरस्कार नगद रु. ३,३३३/- सहित ट्रफी ,मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त श्री शिवानी देवानज्यू, प्रदेश सदस्यता वृद्धि आयुक्त श्री सन्तोष घिमिरेज्यू, प्रदेश सामुदायिक विकास आयुक्त श्री रिता पाठकज्यू, स्थानीय प्रमुख आयुक्तज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरु श्री गङ्गाराम राईज्यू, श्री संगीता पराजुलीज्यू, प्रदेश परिषद् सदस्यहरु श्री नारायण श्रेष्ठज्यू, श्री गोपाल पौडेलज्यू, श्री ओमप्रसाद आचार्य उपाध्यायज्यू, स्काउट लिडरज्यूहरु,रोभर/ रेन्जर,स्थानीय बुद्धिजीवी एवं समाजसेविज्यूहरु, अभिभावकज्यूहरु, सुरक्षाकर्मीज्यूहरु, पत्रकारज्यूहरु, स्काउटज्यूहरुको उपस्थिति रहेको थियो ।