” साहसिक पदमार्ग-२०८०” एक समारोहका विच समापन

” साहसिक पदमार्ग-२०८०” एक समारोहका विच समापन

२०८०/११/२०
नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना एवं प्रदेश स्काउट युवा परिषदको व्यवस्थापनमा मिति २०८०/११/१४ गते चुलाचुली-५,इलाम स्थित चपेटीमा शुरूवात भएको ” साहसिक पदमार्ग-२०८०” को हिजो मिति २०८०/११/१९ गते एक समारोहका विच समापन भएको छ । समारोहमा नेपाल स्काउटका सह-प्रमुख आयुक्त (पुरुष बिभाग) श्री किरण गिरी ज्युको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तत्कालीन प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनाल ज्यु, नव नियुक्त प्रदेश आयुक्त श्री हेमन्त भण्डारी , चुलाचुली गाउँपालिका -५ का वडा अध्यक्ष श्री वविन वान्तवा, रास्ट्रीय परिषद सदस्यहरु श्री निर्मला अधिकारी ज्यु र श्री अरुण बस्नेत ज्यु , प्रदेश परिषद सदस्य ज्युहरु,विभिन्न पालिकाका स्थानीय आयुक्तहरु, सहायक राष्ट्रिय प्रशिक्षकहरु, स्थानीय आयुक्तहरु, स्काउट लिडरहरु, रोभर/ रेन्जरहरुको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि ज्यूले कोशी प्रदेश भरी स्काउट गतिविधि संचालन गर्न रास्ट्रीय प्रधान कार्यालय र रास्ट्रीय कार्यसमितिले सदैव सहयोग गर्ने प्रतिवद्द्ता गर्नुभयो । प्रमुख अतिथि ज्युको वाहुलीवाट सर्भिस टिमका सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नका साथै क्याम्प फायरको उद्द्घाटन गर्नुभयो । प्रमुख अतिथि सह- प्रमुख आयुक्त किरण गिरी ज्युले स्थलगत अनुगमन गर्दै विभिन्न सहासिक क्रियाकलापमा समेत सहभागिता जनाउनु भएको थियो ।२०८० फागुन १४ गतेदेखि १९ सम्म संचालन भएको कार्यक्रममा २१ वटा विभिन्न सहासिक क्रियाकलापहरुमा १०७२ जना स्काउट र स्काउट लिडरहरुको सहभागिता रहेको थियो ।