स्थानीय स्काउट संरक्षक र प्रमुख स्काउटको दीक्षान्त सम्पन्न

स्थानीय स्काउट संरक्षक र प्रमुख स्काउटको दीक्षान्त सम्पन्न

२०८०/१२/२८ गते कनकाई नगरपालिका, झापाका नगर प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री राजेन्द्र कुमार पोखरेलज्यू र नगर उप- प्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री आशा शर्मा शिवाकोटीज्यूको एक औपचारिक समारोहका बीच दीक्षान्त सम्पन्न भएको छ । नेपाल स्काउटका कोशी प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले दीक्षान्त प्रदान गर्नुभएको हो । कार्यक्रममा राष्ट्रिय परिषद् सदस्य श्री अरुण बस्नेतज्यू, प्रदेश शैक्षिक पद्धति आयुक्त( महिला) श्री सिवानी देवानज्यू, प्रदेश परिषद् सदस्य श्री नारायण श्रेष्ठज्यू, प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यू, स्काउट लिडर ज्युहरु, विभिन्न विद्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्काउट लिडर श्री राधा केसीज्यूले गर्नुभएको थियो ।