स्थानीय प्रमुख आयुक्तहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्थानीय प्रमुख आयुक्तहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजनामा आज मिति २०८१/०१/१५ गते इटहरी स्थित श्री दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीमा स्थानीय प्रमुख आयुक्त ज्यूहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १८ वटा स्थानीय तहका नव निर्वाचित स्थानीय प्रमुख आयुक्तज्युहरुको सहभागिता रहेको थियो । नेपाल स्काउट राष्ट्रिय सह- प्रमुख आयुक्त श्री किरण गिरीज्यूको प्रमुख आतिथ्यतामा आरम्भ भएको अभिमुखीकरणमा राष्ट्रिय कार्यकारी समिति सदस्यहरु श्री रवि खनालज्यू, श्री नवल प्रसाद उपाध्यायज्यू, प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यू, प्रदेश सदस्यता वृद्धि आयुक्त श्री सन्तोष घिमिरेज्यू र प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यूले अभिमुखीकरण दिनुभएको थियो । सहभागीहरुलाई नेपाल स्काउटको परिचय र संगठनात्मक स्वरुप, नेपाल स्काउटको भिजन २०३२ र सदस्यता वृद्धि, युवा कार्यक्रम, कार्यालय व्यवस्थापन र लेखा, वयस्क युवा नीति, तालीम पद्दति र स्थानीय प्रमुख आयुक्तको काम कर्तव्य र अधिकारको विषयमा सम्बन्धित विषय बिशेषज्ञज्यूहरुले अभिमुखीकरण दिनुभएको हो ।