कनकाईमा स्काउट आधारभूत तालिम सम्पन्न

कनकाईमा स्काउट आधारभूत तालिम सम्पन्न

२०८०/१२/२८ कनकाई नगरपालिका झापाको आयोजनामा स्काउट आधारभूत तालिम (५६१ औं बी. टी. सि. र ४१२ औं पी. टी. सि.) सम्पन्न भएको छ । श्री कन्काई माध्यमिक विद्यालयमा २०८०/१२/२३ गतेदेखि संचालित तालिममा २२ जना पुरुष र २२ जना महिला शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको कोर्ष लिडर पुरुष तर्फ राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेतज्यू र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक श्री सिवानी देवानज्यू रहनु भएको थियो ।आज आयोजित समापन समारोहमा नगर प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री राजेन्द्र कुमार पोखरेलज्यु, उप- प्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री आशा शर्मा सिवाकोटीज्यू, प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यू, प्रदेश परिषद् सदस्य श्री नारायण श्रेष्ठज्यू, स्काउट लिडरज्यूहरु, विद्यालयका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, विभिन्न पालिकाका स्काउट पदाधिकारीज्यूहरु, प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्काउट लिडर श्री राधा केसीज्यूले गर्नुभएको थियो ।