स्काउट मनसुन कार्निभल २०८० आयोजना

स्काउट मनसुन कार्निभल २०८० आयोजना

“सास्कृतिक विविधतामा एकताको प्रतिबद्धता “
२०८०/०४/३२-२०८०/०५/०२
नेपाल स्काउट, दमक नगर तदर्थ समितिको आयोजना एवं हिमालय रोभर रेन्जर क्रीयु,दमकको व्यवस्थापनमा दमक नगरपालिका, झापा स्थित श्री आस्था कलेजमा ३ दिने स्काउट मनसुन कार्निभल २०८० आयोजना भएको छ । नगर उप प्रमुख एवं स्थानीय स्काउट प्रमुख श्री रेगिना प्रसाईं भट्टराई ज्युको प्रमुख आतिथ्यमा उद्द्घाटन भएको कार्निभलमा नेपाल स्काउट, कोशी प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनालको बिशेष उपस्तिथि रहेको थियो। प्रदेश तदर्थ समिति सदस्य ज्युहरु,रास्ट्रीय एवं सहायक रास्ट्रीय प्रशिक्षक ज्युहरु, प्रदेश सल्लाहकार समिती सदस्य ज्युहरु, स्थानीय तदर्थ समितिका संयोजक ज्युहरु, प्रदेश स्काउट कार्यालयका अधिकृत श्री नवराज घिमिरे , बिधालयका प्रमुख एवं प्रतिनिधि ज्युहरु, स्काउट लिडर ज्युहरु, रोभर / रेन्जरजरु, स्काउटहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्निभलमा स्काउट बाट Food plaza र cultural exposition stalls , कदम थिएटरका रङ्गकर्मीबाट नाटक “मनसन” मंचन , लाखे तथा नेवार नाच प्रमुख आकर्षणका रूपमा रहेको थियो । सास्कृतिक प्रस्तुति सहित विभिन्न स्काउट गतिविधिहरु समेत संचालन गरिएको हो कार्निभलमा झापा र मोरङका ८ वटा स्काउट दलका ३५५ जना स्काउटहरु सहभागी थिए । कार्निभल क्याम्प चिफ नगर स्काउट संयोजक श्री ओमप्रसाद आचार्य र कार्निभनलको निर्देशकका रूपमा स्काउट लिडर एवं स्थानीय सदस्यता वृद्धि संयोजक श्री किरण बुढाथोकीले भुमिका निर्वाह गर्नुभएको थियो ।