बराहक्षेत्र नगरपालिकाको दिक्षान्त सम्पन्न

बराहक्षेत्र नगरपालिकाको दिक्षान्त सम्पन्न

२०८०/०३/०३
स्थानीय स्काउट समिति , बराहक्षेत्र नगरपालिकाको दिक्षान्त सम्पन्न भएको छ । पालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री रमेश कार्की र उप-प्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री नन्द कुमारी सुनुवारलाई नेपाल स्काउट, कोशी प्रदेश तदर्थ समिति सदस्य श्री हेमन्त भण्डारीले दिक्षान्त दिनुभएको हो । उप- प्रमुख एवं प्रमुख स्काउट श्री नन्द कुमारी सुनुवारले समितिका संयोजक श्री बालकृष्ण राई , सदस्य सचिव र सदस्यहरुलाई दिक्षान्त प्रदान गर्नुभयो ।