स्थानीय स्काउट लिखु गाउँपालिकाको दीक्षान्त सम्पन्न

स्थानीय स्काउट लिखु गाउँपालिकाको दीक्षान्त सम्पन्न

मिति २०८१/०३/१६ गते स्थानीय स्काउट, लिखु गाउँपालिकाको दीक्षान्त सम्पन्न भएको छ। श्री ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक बिद्यालयमा आयोजित एक औपचारिक समारोहमा लिखु गाउँपालिका स्थानीय प्रमुख स्काउट एवं उपाध्यक्ष श्री अस्मिता थापाज्यूलाई नेपाल स्काउट, कोशी प्रदेशका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यूले दीक्षान्त प्रदान गर्नुभएको हो । स्थानीय प्रमुख स्काउटज्यूले स्थानीय तदर्थ समिती संयोजक श्री सुशील घिमिरेज्यू, सदस्य सचिब श्री रचना मैनालीज्यू र सदस्यज्यूहरुलाई दीक्षान्त प्रदान गर्नुभयो । कार्यक्रममा राष्ट्रिय शैक्षिक पद्धति आयुक्त( पुरुष) श्री सन्तोष कुमार थापाज्यू, राष्ट्रिय कार्यकारी समिति सदस्य( आयुक्त) श्री शिवराम अर्यालज्यू, कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त( महिला) श्री सिवानी देवानज्यू, सहायक राष्ट्रिय प्रशिक्षकहरु श्री प्रमोद सिग्देलज्यू, श्री राजिव खत्रीज्यू, प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यू, स्काउट लिडरज्युहरु, सुरक्षा निकायका प्रतिनिधिज्यू, समाजसेविज्यूहरुको उपस्थिति रहेको थियो ।