“बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न

“बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम सम्पन्न

मिति २०८१/०५/२९ गते ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल स्काउट कोशी प्रदेशका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश स्काउट संरक्षक एवं मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्कीज्यू समक्ष कार्यक्रममा सहभागी विभिन्न पालिकाबाट उपस्थित स्काउट विद्यार्थीहरुले आफ्नो जिज्ञासा प्रस्तुत गरेका थिए र मुख्यमन्त्रीज्यूले स्काउट बिद्यार्थीहरुको जिज्ञासाको सहज र सरल रूपमा समाधान गर्नका साथै आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त श्री महेन्द्रराज रन्जितज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सह-प्रमुख आयुक्त श्री किरण गिरीज्यू, नेपाल स्काउटका राष्ट्रिय सचिव श्री शिवराम अर्यालज्यू, राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराईज्यू, राष्ट्रिय कार्यकारी समिति सदस्य श्री रवि खनालज्यू, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका निमित्त सचिव श्री फणीन्द्र खत्रीज्यू, सशस्त्र प्रहरी वलका प्रहरी महानायव उपरीक्षक श्री सम्भु सुवेदीज्यू, प्रदेश कार्यसमितिका आयुक्तज्यूहरु,राष्ट्रिय प्रशिक्षकज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरु, प्रदेश परिषद्का सदस्यज्यूहरु, स्काउट लिडरज्यूहरु, रोभर/ रेन्जरहरु, स्काउटहरुको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने संचालन प्रदेश अधिकृत नवराज घिमिरेज्यूले गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहवाट ४२२ जना स्काउटहरुको सहभागीता रहेको थियो ।