प्रदेश स्काउट परिषद् कोशीको दोस्रो बैठक सम्पन्न

प्रदेश स्काउट परिषद् कोशीको दोस्रो बैठक सम्पन्न

मिति २०८१ मंसिर २८ गते शुक्रबार प्रदेश स्काउट परिषद्, कोशी प्रदेशको दोस्रो बैठक सम्पन्न भएको छ। परिषद्का अध्यक्ष एवं माननीय सामाजिक विकास मन्त्री, प्रमुख स्काउट श्री पाँचकर्ण राईज्यूको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकमा नेपाल स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त श्री किरण गिरीज्यू, राष्ट्रिय कार्यसमिति सदस्य (आयुक्त) श्री नवल प्रसाद उपाध्यायज्यू, सशस्त्र प्रहरी वल,बराह बाहिनीका बाहिनीपती श्री सम्भु सुवेदीज्यू, सामाजिक विकास मन्त्रालयका निमित्त सचिब श्री फणीन्द्र खत्रीज्यू, उच्च शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख उपसचिब श्री गोपाल दाहालज्यू, वरिष्ठ शिक्षा अधिकृत श्री कोमल बहादुर खड्काज्यू, प्रदेश परिषद सदस्यज्यूहरु, विराटनगर महानगरपालिका स्थानीय प्रमुख आयुक्त श्री नवीन पहाडीज्यूको उपस्थिति रहेको थियो ।