स्थानीय स्काउट लेटाङ्ग नगरपालिकाको दिक्षान्त सम्पन्न

स्थानीय स्काउट लेटाङ्ग नगरपालिकाको दिक्षान्त सम्पन्न

मिति २०८१/०४/१० गते स्थानीय स्काउट, लेटाङ्ग नगरपालिकाको दिक्षान्त सम्पन्न भएको छ। लेटाङ्ग नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय स्काउट संरक्षक एवं नगर प्रमुख श्री भुपेन्द्र लावतीज्यु र स्थानीय प्रमुख स्काउट एवं नगर उप-प्रमुख श्री कृष्ण कुमारी निरौला पोखरेलज्युलाई नेपाल स्काउटका रास्ट्रीय कार्यकारी समिति सदस्य श्री नवल प्रसाद उपाध्यायजुले दिक्षान्त प्रदान गर्नुभएको हो। स्थानीय परिषद सदस्यज्युहरुलाई स्थानीय प्रमुख स्काउटज्युले दिक्षान्त प्रदान गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्यता वृद्धि आयुक्त श्री सन्तोष घिमिरेज्यु, प्रदेश अधिकृत नवराज घिमिरे, वडा नम्वर २ का वडा अध्यक्ष श्री तेज प्रसाद तिम्सिनाज्यु, विराटनगर महानगरपालिका स्थानीय प्रमुख आयुक्त श्री नवीन पहाडीज्यु, ग्रामथान गाउँपालिका स्थानीय प्रमुख आयुक्त श्री सन्जना माझीज्यु, स्काउट लिडरज्युहरु, स्काउटज्युहरु, स्थानीय बुद्धिजीवी एवं समाजसेविज्युहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्थानीय स्काउटका सदस्य सचिव श्री कृष्णराज राईज्युले गर्नुभएको थियो भने स्थानीय प्रमुख आयुक्त श्री गौरव खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।