स्थानीय स्काउट विराटनगरको दिक्षान्त सम्पन्न

स्थानीय स्काउट विराटनगरको दिक्षान्त सम्पन्न

मिति २०८१/०३/२४ गते स्थानीय स्काउट कार्यालय, विराटनगरको आयोजनामा स्थानीय स्काउट संरक्षक र स्थानीय स्काउट परिषद सदस्यहरुको दिक्षान्त एवम् स्काउट लिडरहरुको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दीक्षान्त समारोहमा राष्ट्रिय प्रशिक्षक एवम् राष्ट्रिय कार्यकारी समिति सदस्य (आयुक्त) श्री नवल प्रसाद उपाध्यायले स्थानीय स्काउट संरक्षक एक नगर प्रमुख श्री नागेश कोईरालाज्युलाई , स्थानीय प्रमुख स्काउट एवं नगर उप- प्रमुख श्री शिल्पा निराला कार्किज्युले स्थानीय परिषद परिषद् सदस्यहरुलाई दीक्षान्त प्रदान गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका स्काउट संरक्षक एवंम् प्रमुख श्री नागेश कोइरालाज्युले नगर भित्रका सबै बिद्यालयमा स्काउट संचालन गर्न अनुरोध गर्दै, स्काउटले अत्यावश्यक सेवाका क्षेत्रमा आफ्नो महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहप्रमुख आयुक्त श्री किरण गिरिज्यु, राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराईज्यु, प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यु , प्रदेश सामुदायिक विकास आयुक्त रिता पाठकज्यु, प्रदेश अधिकृत नवराज घिमिरेज्यू, स्काउट लिडरहरु, पत्रकारज्यूहरु सहित बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।