६० औं व्वायज् एड्भान्स तालिम सम्पन्न

६० औं व्वायज् एड्भान्स तालिम सम्पन्न

मिति २०८१/०३/०६ गतेदेखि प्रदेश स्काउट कार्यालयको आयोजना, शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग एवं स्थानीय स्काउट कार्यालय, शिवसताक्षीको व्यवस्थापनमा संचालित ६० औं व्वायज् एड्भान्स तालिम आज मिति २०८१/०३/१२ गते सम्पन्न भएको छ। तालिममा कोशी प्रदेशका २८ जना स्काउट शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको कोर्ष लिडर राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेत रहनुभएको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षता रहेको कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा प्रदेश शैक्षिक पद्धति आयुक्त(पुरुष) श्री सुशील राईज्यू, प्रदेश शुशासन ,स्रोत विकास तथा वित्त आयुक्त श्री समर्पण खतिवडाज्यू, स्थानीय प्रमुख आयुक्तज्यूहरु, लगायत स्थानीय बुद्धिजीवि, समाजसेविज्यूहरुको उपस्थिति रहेको थियो ।