मेचीनगरमा 2250 discussion event सम्पन्न

मेचीनगरमा 2250 discussion event सम्पन्न

मिति २०८१/०६/१८ गते शुक्रबार Scout, Peace and security core team, Koshi को आयोजनामा “Role of youth in Gender Equality” (लैङ्गिक समानतामा युवाको भूमिका) विषयक छलफल कार्यक्रम “2250 discussion event ” सम्पन्न भएको छ । इस्ट होराइजन मेचिनगर -१०, धुलाबारीमा भएको कार्यक्रममा मेचीनगर नगरपालिका उप- प्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री मिना पोखरेल (उप्रेती)ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि बिर्तामोड नगरपालिका उप- प्रमुख श्री नगेन्द्र प्रसाद सङ्ग्रौलाज्यू, राष्ट्रिय प्रशिक्षक श्री अरुण बस्नेतज्यू र महिला जनचेतना केन्द्र, मेचीनगरकी कार्यकारी निर्देशक श्री राधा प्रधानज्यूको निर्णयकर्ताको भूमिका रहेको थियो । कार्यक्रममा स्काउटर, रोभर/ रेन्जर र विभिन्न क्षेत्रमा सक्रिय युवाहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय शैक्षिक पद्धति आयुक्त श्री भुवन सुब्बाज्यू, प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यू, प्रदेश शैक्षिक पद्धति आयुक्त श्री सिवानी देवान्ज्यू, प्रदेश परिषद् सदस्यहरु श्री मिना कटुवालज्यू, श्री भगिरथ राईज्यू र नारायण श्रेष्ठज्यू, प्रदेश युवा परिषद् अध्यक्ष श्री किरण बुढाथोकीज्यूको उपस्थिति रहेको थियो ।