१२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १६०० स्काउट परिचालन

१२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १६०० स्काउट परिचालन

सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिकामा पर्ने सुन्दर नगरी चतराधाममा मिति २०८०/१२/२७ गतेदेखि २०८१/०१/२८ गतेसम्म संचालित १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १६०० जना स्काउट, रोभर/ रेन्जर र स्काउटरहरुले सेवा प्रदान गरेका छन् । प्रदेश स्काउट कार्यालयको समन्वय र स्थानीय स्काउट कार्यालय, बराहक्षेत्र नगरपालिकाको व्यवस्थापनमा स्काउट स्वयंसेवकहरु परिचालन गरिएको हो । बराहक्षेत्र नगरमा संचालित स्काउट दलहरु र कोशी प्रदेशका स्काउटर र रोभर/ रेन्जरहरुले कुम्भमा सेवा उपलब्ध गराएका हुन्। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको गरिमामय उपस्थितिमा सम्पन्न कुम्भको उद्घाटनमा स्काउट स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन, श्रद्धालु भक्तजनको लाइन व्यवस्थापनमा सक्रिय सहभागिता जनाएका थिए । अन्य दिनहरुमा दैनिक विभिन्न आवश्यक क्षेत्रमा स्काउट स्वयंसेवकहरुले सेवा प्रदान गरेका हुन । नेपाल स्काउटका सह- प्रमुख आयुक्त श्री किरण गिरी ज्यु, प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारी ज्यु, रास्ट्रीय आयुक्त श्री रवि खनाल ज्यु, श्री नवल प्रसाद उपाध्यायज्यु, रास्ट्रीय परिषद सदस्य श्री निर्मला अधिकारीज्यु, स्थानीय प्रमुख आयुक्त एवं पदाधिकारीहरुको नेतृत्वदायी भुमिका रहेको थियो ।