अभिमुखीकरण कार्यक्रम सम्पन्न
May 5, 2024

नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजनामा आज मिति २०८१/०१/१९ गते पाडाजुङ्गी स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलमा स्थानीय प्रमुख आयुक्त ज्यूहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १७ वटा स्थानीय तहका नव निर्वाचित स्थानीय प्रमुख आयुक्तज्यूहरुको सहभागिता रहेको थियो । कमल गाउँपालिका उपाध्यक्ष एवं स्थानीय प्रमुख स्काउट श्री प्रमिला न्यौपाने तिवारी ज्यूको प्रमुख आतिथ्यता, नेपाल स्काउट राष्ट्रिय सह- प्रमुख आयुक्त श्री किरण गिरीज्यूको विशिष्ट आतिथ्यतामा आरम्भ भएको अभिमुखीकरणमा राष्ट्रिय कार्यकारी समिति सदस्य श्री रवि खनालज्यू, प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यू, राष्ट्रिय परिषद् सदस्य श्री अरुण बस्नेतज्यू, प्रदेश शैक्षिक पद्धति आयुक्त (महिला ) श्री सिवानी देवानज्यू र प्रदेश अधिकृत श्री नवराज घिमिरेज्यूले अभिमुखीकरण दिनुभएको थियो । सहभागीहरुलाई नेपाल स्काउटको परिचय र संगठनात्मक स्वरुप , नेपाल स्काउटको भिजन २०३२ र सदस्यता वृद्धि , युवा कार्यक्रम , कार्यालय व्यवस्थापन र लेखा, वयस्क युवा नीति, तालिम पद्दति र स्थानीय प्रमुख आयुक्तको काम कर्तव्य र अधिकारको विषयमा सम्बन्धित विषय बिशेषज्ञज्यूहरुले अभिमुखीकरण दिनुभएको हो ।