उडवायज एवं एड्भान्स तहको दिक्षान्त समारोह सम्पन्न

उडवायज एवं एड्भान्स तहको दिक्षान्त समारोह सम्पन्न

२०८०/०६/१३
प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना उडवायज एवं एड्भान्स तहको दिक्षान्त समारोह सम्पन्न भएको छ । माननीय सामाजिक बिकास राज्य मन्त्री सिर्जना राई ज्युको प्रमुख आतिथ्यता रहेको समारोहमा प्रदेश तदर्थ समितिका सदस्य ज्युहरु,रास्ट्रीय प्रशिक्षक ज्युहरु, सहायक रास्ट्रीय प्रशिक्षक ज्युहरु, स्काउट लिडरहरुको उपस्थिति रहेको थियो । समारोहको अध्यक्षता प्रदेश संयोजक श्री रवि खनालले गर्नुभएको थियो भने सदस्य श्री अरुण बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । दीक्षान्त समारोहमा राष्ट्रिय प्रशिक्षक श्री शिव कुमार पौडेल ज्युले २५ जना उडवायज परिक्षामा सफल स्काउट लिडरहरुलाई दिक्षान्त दिनुभएको थियो भने राष्ट्रिय प्रशिक्षक श्री निर्मला अधिकारी ज्युले १४ जना एड्भान्स परिक्षामा सफल स्काउट लिडरहरुलाई दीक्षान्त दिनुभएको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय सामाजिक बिकास राज्य मन्त्री सिर्जना राई ज्युले कोशी प्रदेशका सबै बिधालयमा स्काउट संचालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग एवं समन्वय गर्ने बताउनुभयो । कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।