मकालुमा स्काउट आधारभूत तालिम सम्पन्न

मकालुमा स्काउट आधारभूत तालिम सम्पन्न

२०८०/०७/२५
संखुवासभा जिल्ला स्थित मकालु गाउँपालिकामा नेपाल स्काउटको आधारभूत तालिम (५५२ औं वि. टि. सि. र ४०४ औं पि. टि सि.) सम्पन्न भएको छ। मकालु गाउँपालिकाको सहयोग र नेपाल स्काउट , स्थानीय तदर्थ समितिको आयोजनामा आयोजित तालिम २०८०/०७/१९ गतेदेखि शुरूवात भएर २०८०/०७/२४ गते समापन भएको हो। तालिममा मकालु गाउँपालिका बाट ३७ जना, भोटखोला गाउँपालिकाबाट ७ जना र सिलिचोङ्ग गाउँपालिकाबाट ३ जना गरि २९ पुरुष र १८ महिलाको सहभागिता रहेको थियो । तालिमको कोर्स लिडर सहायक रास्ट्रीय प्रशिक्षक श्री सिवानी देवान र श्री नारायण श्रेष्ठ रहनुभएको थियो । मकालु गाउँपालिका वडा न.३, हेदाङ्ना स्थित श्री राजारानी आधारभूत बिधालयमा आयोजित तालिमको समापन समारोहमा पालिका उप- प्रमुख एवं प्रमुख स्काउट श्री मनकला राई प्रमुख अतिथि , नेपाल स्काउट,कोशी प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनाल, सल्लाहकार समिति सदस्य श्री दुर्गा बहादुर बिष्ट ,प्रदेश स्काउट कार्यालयका अधिकृत नवराज घिमिरे , स्काउट लिडरहरु, स्थानीय वडा अध्यक्षहरु,सुरक्षा निकायका प्रमुखहरु, स्थानीय संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरु, बुद्धिजीवीहरुको भव्य उपस्तिथि रहेको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय स्काउट समिति संयोजक श्री रेशम राई ज्युले गर्नुभएको थियो भने संचालन समिति सदस्य श्री जोगविर राई र स्वागत मन्तव्य शिक्षा संयाेजक श्री पुष्पबहादुर तामाङले व्यक्त गर्नुभएको थियो ।