मकालुमा स्काउटको दिक्षान्त सम्पन्न

मकालुमा स्काउटको दिक्षान्त सम्पन्न

२०८०/०७/२५
संखुवासभा जिल्ला स्थित नेपाल स्काउट, मकालु गाउँपालिका तदर्थ समितिको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिकामा आयोजित दिक्षान्त कार्यक्रममा पालिका उपाध्यक्ष एवं प्रमुख स्काउट श्री मनकला राई ज्युलाई नेपाल स्काउट,प्रदेश तदर्थ समिति, कोशी प्रदेश संयोजक श्री रवि खनाल ज्युले दिक्षान्त गर्नुभयो भने प्रमुख स्काउट श्री मनकला राई ज्युले स्थानीय तदर्थ समिति संयोजक, सदस्य सचिब एवं सदस्य ज्युहरुलाई दिक्षान्त प्रदान गर्नुभएको हो। कार्यक्रममा सहायक रास्ट्रीय प्रशिक्षक ज्युहरु, स्काउट लिडरहरु, स्थानीय वडा अध्यक्ष ज्युहरु, समाजसेवी एवं बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।