स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८०/०५/२६
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल ( प्याव्सन) सुनसरीको आयोजना र प्रदेश स्काउट कार्यालय, विराटनगरको संयोजनमा स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुनसरी जिल्लामा संचालित ७५ वटा संस्थागत बिद्यालयका संचालक एवं प्रधानाध्यापक ज्यूहरुको सहभागिता रहेको थियो । प्याव्सन सुनसरीका जिल्ला अध्यक्ष श्री अनुप योन्जन तामाङको अध्यक्षतामा भएको उद्घघाटनमा प्याव्सन केन्द्रिय प्राज्ञिक सल्लाहकार श्री बेनुप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । रास्ट्रिय प्रशिक्षक श्री निर्मला अधिकारी , श्री नवल प्रसाद उपाध्याय, प्रदेश सदस्य श्री हेमन्त भण्डारी , सहायक रास्ट्रिय प्रशिक्षक श्री सुशील राई र प्रदेश अधिकृत नवराज घिमिरेले स्काउटको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्याव्सन सुनसरी उपाध्यक्ष थानेश्वर ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव गणेश भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो । नेपाल स्काउट, कोशी प्रदेश र प्याव्सन , सुनसरी बीच भएको सम्झौता कार्यान्वयन गर्ने क्रममा अभिमुखीकरण आयोजना गरिएको हो।