७३ औं स्थापना दिवसको अवसरमा “मूल समारोह २०८१” भव्यताका साथ सम्पन्न

७३ औं स्थापना दिवसको अवसरमा “मूल समारोह २०८१” भव्यताका साथ सम्पन्न

नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा कोशी प्रदेश स्काउट कार्यालयद्वारा आयोजित “मूल समारोह २०८१” भव्यताका साथ सम्पन्न भएको छ । कोशी प्रदेश सभाका माननीय उप- सभामुख शृजना दनुवारज्युको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्काउटको विकास र विस्तारमा उच्च साथ र सहयोग गर्ने स्थानीय स्काउट संरक्षकज्यूहरु,
१. श्री केदार प्रसाद गुरागाई, सुन्दरहरैचा नगरपालिका
२. श्री गणेश पोखरेल , भद्रपुर नगरपालिका
३. श्री हेमन्त राई, माङ्सेबुङ गाउँपालिका,
स्थानीय प्रमुख स्काउटज्यूहरु,
१. श्री शिल्पा निराला कार्की, विराटनगर महानगरपालिका
२.श्री नगेन्द्र प्रसाद सङ्ग्रौला, विर्तामोड नगरपालिका
३. श्री रेगिना भट्टराई प्रसाईं, दमक नगरपालिका
४. श्री पुजन न्यौपाने कुँवर, गौरीगन्ज गाउँपालिका,
राष्ट्रिय कार्यसमितिमा मनोनित आयुक्तज्यूहरु, परिषद् सदस्यज्यूहरु, प्रदेश तदर्थ समिति, स्थानीय सदस्य सचिबज्यूहरु,
१. देबेन्द्र बहादुर मल्ल , बराहक्षेत्र नगरपालिका ,
२. श्री गणेशप्रसाद खतिवडा , धरान उपमहानगरपालिका
३. श्री सन्जुकुमारी दाहाल , ताप्ली गाउँपालिका,
राष्ट्रिय युवा परिषदमा निर्वाचित सदस्यहरु, स्थानीय स्काउट कार्यालयहरु( उर्लाबारी नगरपालिका , सिवसताक्षी नगरपालिका , खाँदवारी नगरपालिका ), जाँजरकोट भूकम्पमा कोशी प्रदेशवाट खटिने स्काउट स्वयंसेवकज्यूहरु, कोशी प्रदेश स्काउटले संचालन गरेका परियोजनामा खटिने स्वयंसेवकज्यूहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्री दिपक पोखरेलज्यू, सामाजिक विकास मन्त्रालयका उप- सचिब श्री फणिन्द्र खत्रीज्यू, शैक्षिक योजना तथा अनुसन्धान शाखाका अधिकृत श्री यादव प्रसाद दुलालज्यू, भैरव गण थलाहका प्रमुख सेनानी श्री सुनिल घिमिरेज्यू, एन प्याव्सनका केन्द्रिय सचिव अर्जुन छाराहाङ्गज्यु, स्थानीय प्रमुख आयुक्त एवं पदाधिकारीज्यूहरु, स्काउट लिडर, रोभर/ रेन्जरहरु र स्काउटहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले गर्नुभएको थियो भने संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका एवं प्रदेश स्काउटका पदेन सदस्य उप- सचिब फणिन्द्र खत्रीज्यूले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यसमिति सदस्य श्री सिवानी देवानज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।