आसन्न मनसुन र विपत् व्यवस्थापन सम्बन्धि अभिमुखीकरण सम्पन्न

आसन्न मनसुन र विपत् व्यवस्थापन सम्बन्धि अभिमुखीकरण सम्पन्न

प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा आज मिति २०८१/०२/०५ गते श्री मोरङ मोडल आवासीय माध्यमिक बिधालय , उर्लाबारी -६ मोरङमा आसन्न मनसुन र विपत् व्यवस्थापन सम्बन्धि एक दिने “अभिमुखीकरण कार्यक्रम – २०८१” सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सह- प्रमुख आयुक्त श्री किरण गिरीज्यूले सहभागी सबैलाई एकजुट र इमान्दारीता पुर्वक विपत् व्यवस्थापन गर्ने अनुरोध गर्दै केन्द्रिय तहवाट आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा राष्ट्रिय शैक्षिक पद्धति आयुक्त ( महिला ) श्री भुवन सुब्बाज्यू, राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराईज्यू, प्रदेश कार्यकारी समिति आयुक्तज्यूहरु, प्रदेश परिषद् सदस्यज्यूहरु, स्थानीय प्रमुख आयुक्त एवं पदाधिकारीज्यूहरु, विपत् व्यवस्थापनको तालिम प्राप्त स्काउटर रोभर/ रेन्जरहरु, प्रदेश युवा परिषदका पदाधिकारीहरु,कोशी प्रदेशमा संचालित क्रियुहरुका अध्यक्ष एवं सदस्य सचिबज्यूहरु सहित ५२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रदेश अधिकृत नवराज घिमिरेले मनसुन र यसको प्रभाव , विपत् व्यवस्थापन र स्काउट स्वयंसेवक परिचालन शीर्षकमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले सम्पुर्ण स्काउट स्वयंसेवकहरुलाई सक्रियता पुर्वक विपत् व्यवस्थापनमा खटिन आग्रह गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन स्थानीय स्काउट कार्यालय, उर्लाबारीले गरेको थियो ।