2250 Discussion Event सम्पन्न

2250 Discussion Event सम्पन्न

प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा मिति २०८१/०३/१४ गते “Scouting for Ethnic or religious peace” विषयमा “2250 Discussion Event ” सम्पन्न भएको छ । नेपाल स्काउट र फिनल्यान्ड स्काउटको साझेदारीमा संचालित Scout, peace and security अन्तरगत संचालित कार्यक्रममा माननीय प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री पाँचकर्ण राईज्यूको प्रमुख आतिथ्यता रहेको थियो । छलफल कार्यक्रममा कोशी प्रदेश सभाका माननीय जय प्रकाश चौधरी र माननीय गिता तिम्सिनाज्यू, नेपाल स्काउटका राष्ट्रिय सह- प्रमुख आयुक्त श्री किरण गिरीज्यूले निर्णयकर्ताको भूमिकामा रहनुभएको थियो । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराईज्यू, राष्ट्रिय कार्यकारी समिति सदस्य( आयुक्त) श्री रवि खनालज्यू, स्काउट लिडरहरुज्यूहरुको उपस्थिति रहेको थियो । प्रदेश अधिकृत नवराज घिमिरेज्यूले संचालन गर्नुभएको कार्यक्रममा युवा परिषद् अध्यक्ष श्री किरण बुढाथोकीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । SPS core team द्वारा सहजीकरण गरिएको discussion event मा ५१ जना स्काउट लिडर एवं रोभर रेन्जरहरुको सहभागिता रहेको थियो ।