[:en]इलाममा स्काउट आधारभूत तालीम संचालन [:]

[:en]इलाममा स्काउट आधारभूत तालीम संचालन [:]

[:en]मिति २०७९/१२/२६ गतेबाट नेपाल स्काउट, माङ्सेबुङ्ग गाउँ तदर्थ समितिको आयोजना एवं माङ्सेबुङ्ग गाउँपालिका, इलामको सहयोगमा स्काउट आधारभूत तालीम संचालन भएको छ । तालिममा ५२७ औं बि. टि. सी र ३८६ औं पि. टी. सी . गरि जम्मा ३८ जनाको सहभागिता रहेको छ । उद्द्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष एवं स्थानीय स्काउट संरक्षक श्री हेमन्त राई ज्युको प्रमुख आतिथ्यता रहेको थियो भने वडा न ६ का वडा अध्यक्ष श्री प्रदीप सम्पाङ्ग ज्यु, शिक्षा शाखा प्रमुख श्री बुद्धि प्रसाद खतिवडा ज्यु , स्थानीय सुरक्षा निकायका प्रमुख ज्युहरु, स्थानीय जनप्रतिनिधि ज्युहरु, समाजसेवी , स्थानीय संघसस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरु, स्काउट लिडर ज्युहरु, रोभर र स्काउटहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता स्थानीय स्काउट संयोजक श्री सुदीप राई ज्युले गर्नुभएको थियो ।। तालीममा पुरुष तर्फ रास्ट्रीय प्रशिक्षक श्री रवीन्द्र बासुकला र महिला तर्फ रास्ट्रीय प्रशिक्षक श्री लिला श्रेष्ठ ज्यु कोर्स लिडर रहनु भएको छ भने तालिम २०८०/०१/०१ मा सम्पन्न हुनेछ ।[:]