प्रदेश प्रमुख स्काउट श्री राजेन्द्र कार्की ज्युको दीक्षान्त सम्पन्न

प्रदेश प्रमुख स्काउट श्री राजेन्द्र कार्की ज्युको दीक्षान्त सम्पन्न

मिति २०८०/११/२२ गते माननीय सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री राजेन्द्र कार्की ज्युको दीक्षान्त सम्पन्न भएको छ । तत्कालीन कोशी प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनालले प्रमुख स्काउट ज्युलाई दीक्षान्त गराउनु भएको हो । सोही अवसरमा माननीय प्रमुख स्काउट ज्युले नव नियुक्त प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारी ज्यु र प्रदेश परिषद सदस्य ज्युहरुलाई दीक्षित गर्नुभएको हो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव श्रीमान लक्ष्मी भट्टराई ज्यु, राष्ट्रिय सह-प्रमुख आयुक्त श्री किरण गिरी ज्यु, राष्ट्रिय सामुदायिक आयुक्त श्री सुदर्शन भट्टराई ज्यु, राष्ट्रिय आयुक्त श्री नवल प्रसाद उपाध्याय ज्यु, राष्ट्रिय परिषद सदस्य श्री निर्मला अधिकारी र श्री अरुण बस्नेत ज्यु, राष्ट्रिय प्रशिक्षक श्री सकुन्तला सुब्बा , प्रदेश स्काउट युवा परिषद अध्यक्ष श्री किरण बुढाथोकी ज्यु लगायत स्काउट लिडर ज्युहरुको उपस्थिति रहेको थियो ।