भद्रपुरमा स्काउट संरक्षक र प्रमुख स्काउटको दिक्षान्त सम्पन्न

भद्रपुरमा स्काउट संरक्षक र प्रमुख स्काउटको दिक्षान्त सम्पन्न

२०८०/०९/०७
नेपाल स्काउट, भद्रपुर नगर तदर्थ समितिको आयोजनामा संचालित दोस्रो नगरस्तरिय स्काउट क्याम्पमा नगर प्रमुख एवं स्थानीय स्काउट संरक्षक र स्थानीय प्रमुख स्काउट ज्युको दिक्षान्त सम्पन्न भएको छ। नेपाल स्काउट,प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनालले नगर प्रमुख एवं संरक्षक श्री गणेश पोख्रेल ज्यु र उप- प्रमुख एवं प्रमुख स्काउट श्री राधा कार्की ज्युलाई दिक्षान्त प्रदान गर्नुभएको हो। कार्यक्रममा प्रदेश सदस्यहरु श्री अरुण बस्नेत ज्यु, श्री राम प्रसाद पौडेल ज्यु , रास्ट्रीय प्रशिक्षक ज्युहरु, सहायक रास्ट्रीय प्रशिक्षक जुहरु, स्काउट लिडरहरु, रोभर/ रेन्जरहरु, स्काउट लिडरहरु लगायत स्थानीय बुद्धिजीवी, सुरक्षा निकायका प्रमुख ज्युहरु, स्काउटहरुको उपस्तिथिती रहेको थियो ।