“साहसिक पदमार्ग-२०८०” को उद्द्घाटन

“साहसिक पदमार्ग-२०८०” को उद्द्घाटन

२०८०/११/१४
नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना एवं प्रदेश स्काउट युवा परिषदको व्यवस्थापनमा “साहसिक पदमार्ग-२०८०” को आज एक समारोहका विच उद्द्घाटन भएको छ । समारोहमा कोशी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री राजेन्द्र कार्की ज्युको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथिद्वारा नेपाल स्काउटको झण्डोत्तलन गरेर कार्यक्रमको उद्द्घाटन गरिएको थियो। कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष श्री दिलु कुमारी लिम्बू ज्यू, चुलाचुली-५ का वडा अध्यक्ष श्री वविन वान्तवा, प्रदेश स्तरीय संघसंगठनका प्रमुख एवं प्रतिनिधि ज्युहरु,सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, राष्ट्रिय प्रशिक्षकहरु, प्रदेश परिषद सदस्य ज्युहरु,विभिन्न पालिकाका स्थानीय आयुक्तहरु र शिक्षा शाखा प्रमुखहरु,सहायक राष्ट्रिय प्रशिक्षकहरु, स्थानीय आयुक्तहरु, स्काउट लिडरहरु, रोभर/ रेन्जरहरु र स्काउटहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै माननीय प्रमुख अतिथि ज्यूले प्रदेश भरी स्काउट गतिविधि संचालन गर्न प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिवद्द्ता गर्नुभयो । फागुन १९ सम्म संचालन हुने कार्यक्रममा १९ वटा विभिन्न सहासिक क्रियाकलापमा विद्यार्थीहरु सहभागी हुन पाउनेछन भने ७०० बढी स्काउटहरुको सहभागिता हुनेछ ।